पुटिनका छोरी र विश्वास पात्रमाथि अमेरिकाले लगायो प्रतिबन्ध
काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरी र उनका अन्य विश्वास पात्रमाथि प्रतिबन्ध लगाएको छ । रुसी सेनाले युक्रेनमा ज्यादति गरेका विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।
यो सूचीमा पुटिनका छोरीका अतिरिक्त रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभका परिवारसका सदस्यको पनि नाम रहेको बिबिसी समाचारमा उल्लेख छ ।
अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू लागू गर्नुको कारण सम्पत्ति उनीहरूको नियन्त्रणमा रहेको हुनसक्ने ठानिएको छ । बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले पनि यो शंका व्यक्त गरेका छन् ।
रुस–युक्रेन युद्ध ४३ औं दिनमा प्रवेश गरेको छ । यसबाट ठूलो धनजनको क्षति भए पनि रोकिने संकेत अहिलेसम्म देखिएको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया