काठमाडौंबाट बेवारिसे सात थान मोटरसाइकल बरामद
काठमाडौं । प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएका मोटरसाइकल बिहीबार भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो ।
सुप प्र ०१-००९ प २०५०, से७प ८४८९, प्र०१-०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२-०२३-२४७४, सुप प्र ०१-००९प ५१६६ र सु प प्र ०१-००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् । ती मोटरसाइकलको मूल्य २१ लाख बराबर रहेको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया