NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भारतीय कलाकार निरहुआ र आम्रपाली नेपालमा

काठमाडौं । भारतीय कलाकार दिनेशलाल यादव अर्थात् निरहुआ र आम्रपाली दुबे यतिबेला नेपालमा छन् । उनीहरू फिल्म छायांकनका लागि नेपाल आएका हुन् ।

नेपाली पाेशाकमा निरहुआले आम्रपालीसँग एक तस्बिर सेयर गरेका छन् । तस्बिर सेयर गर्दै निरहुआले लेखेका छन्, ‘नेपाली विवाह’ । उनीहरूले फिल्ममा मात्र विवाह गरे पनि फ्यानदेखि लिएर कतिपय सेलिब्रेटीले उनीहरुलाई बधाई दिइरहेका छन् ।

यी दुवै आगामी फिल्म ‘निरहुआ बनाल करोडपति’को सुटिङका लागि यहाँ आएका हुन् । आम्रपालीले पनि एउटा भिडियो सेयर गरेकी छिन्, जसमा दुवै मण्डपनजिकै देखिन्छन् । भिडियो सेयर गर्दै आम्रपालीले लेखेकी छिन्, ‘नेपालमा हाम्रो पहिलो रिल’।

त्यसबाहेक अर्काे तस्बिर सेयर गर्दै निरहुआले निरहुआले लेखेका छन्, ‘लभ इन नेपाल । फिल्ममा निरहुआ र आम्रपालीसँगै पल्लवी कोली र अयाज खानको पनि अभिनय रहेको छ ।

आम्रपाली र निरहुआको जोडी भोजपुरीको लोकप्रिय जोडीमध्ये एक हो । उनीहरुले सँगै काम गरेको जुनसुकै फिल्म र गीत अहिलेसम्म सुपरहिट भएका छन् ।