भारतीय कलाकार निरहुआ र आम्रपाली नेपालमा
काठमाडौं । भारतीय कलाकार दिनेशलाल यादव अर्थात् निरहुआ र आम्रपाली दुबे यतिबेला नेपालमा छन् । उनीहरू फिल्म छायांकनका लागि नेपाल आएका हुन् ।
नेपाली पाेशाकमा निरहुआले आम्रपालीसँग एक तस्बिर सेयर गरेका छन् । तस्बिर सेयर गर्दै निरहुआले लेखेका छन्, ‘नेपाली विवाह’ । उनीहरूले फिल्ममा मात्र विवाह गरे पनि फ्यानदेखि लिएर कतिपय सेलिब्रेटीले उनीहरुलाई बधाई दिइरहेका छन् ।
यी दुवै आगामी फिल्म ‘निरहुआ बनाल करोडपति’को सुटिङका लागि यहाँ आएका हुन् । आम्रपालीले पनि एउटा भिडियो सेयर गरेकी छिन्, जसमा दुवै मण्डपनजिकै देखिन्छन् । भिडियो सेयर गर्दै आम्रपालीले लेखेकी छिन्, ‘नेपालमा हाम्रो पहिलो रिल’।
त्यसबाहेक अर्काे तस्बिर सेयर गर्दै निरहुआले निरहुआले लेखेका छन्, ‘लभ इन नेपाल । फिल्ममा निरहुआ र आम्रपालीसँगै पल्लवी कोली र अयाज खानको पनि अभिनय रहेको छ ।
आम्रपाली र निरहुआको जोडी भोजपुरीको लोकप्रिय जोडीमध्ये एक हो । उनीहरुले सँगै काम गरेको जुनसुकै फिल्म र गीत अहिलेसम्म सुपरहिट भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया