बारको अन्तिम नतिजा आज, कसले कति मत ल्याए ?
काठमाडौं । नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ ।
हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौं केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल तीन हजार १७५ उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला दुई हजार ३४५ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले तीन हजार ४७५ मत र उनको प्रतिस्पर्धी जगतबहादुर कार्कीले दुईहजार १८८ मत प्राप्त गरेका छन् ।
मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने छ भने अन्तिम नतिजा पनि आउने छ ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया