कैलालीमा मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् ।
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
से ४ प ४७३० नम्बरका मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल गएराति गोदावरी नगरपालिका–३ मा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
घटनामा पुरनकुमार मडै र लोकेन्द्र पार्कीको मृत्यु भएको छ । उनीहरू दुवै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा त्यही उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुवै मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते छन् । उनीहरू भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया