पशुपति धर्मशालामा लगाइएको ताला तोडियो
काठमाडौं । काठमाडौं जिल्ला अदालतले दिएको अन्तरकालीन आदेशसँगै पशुपतिस्थित धर्मशालाको मूलगेटमा लगाइएको ताला तोडिएको छ । ताला आज साँझ जोडिएको हो ।
पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूका नाममा आदेश दिएको छ ।
बतास समूहद्वारा सञ्चालित होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।
गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित नेपाल–भारतमैत्री धर्मशाला पुगेका थिए । त्यतिबेला बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।
त्यसपछि होटल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया