आईपिएल : मुम्बईलाई हराउँदै रोयल च्यालेन्जर्सले निकाल्यो जित
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएको खेलमा बैंग्लोरले ७ विकेटले पराजित गरेको हो ।
सुरुमा ब्याटिङ गरेको मुम्बईले १ सय ५२ रनको लक्ष्य दिएकोमा बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै त्यसलाई पूरा गर्यो । बैंगलोरका लागि अनुज रावतले ६६, विराट कोहलीले ४८ र कप्तान फाप डू प्लेसिस १६ रनको योगदान दिए ।
२० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६ रन बनाए ।
योसँगै बैंगलोर ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया