NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

आईपिएल : मुम्बईलाई हराउँदै रोयल च्यालेन्जर्सले निकाल्यो जित 

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएको खेलमा बैंग्लोरले ७ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले १ सय ५२ रनको लक्ष्य दिएकोमा बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै त्यसलाई पूरा गर्यो । बैंगलोरका लागि अनुज रावतले ६६, विराट कोहलीले ४८ र कप्तान फाप डू प्लेसिस १६ रनको योगदान दिए ।

२० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६ रन बनाए ।

योसँगै बैंगलोर ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।