NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

पिएसजीको सानदार जित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गराएको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली क्लेरमोन्ट फुटमाथि पिएसजीले ६–१ को फराकिलो जित हासिल गरेको हो । खेलको छैटौं मिनेटमा गोलको खाता खोलेको पिएसजीले ८० औं मिनेटसम्म यो सिलसिला जारी राख्यो ।

पिएसजीलाई जित दिलाउन नेयमार र एमबाप्पेले ह्याट्रिक गरे । क्लेरमोन्टका लागि डोस्सोउले सान्त्वना एक गोल फर्काए ।

योसँगै शीर्ष स्थानमा रहेको पिएसीले ७१ अंक जोडेको छ ।