भारतमा ६० फिट लामो फलामको पुल चोरी
एजेन्सी । भारतको बिहारमा ६० फिट लामो एउटा फलामको पुल चोरी भएको छ । सासाराम जिल्लामा रहेको उक्त पुलको वजन ५०० टनको रहेको बिबिसीले जनाएको छ ।
सन् १९७२ मा गरिएको निर्माण गरिएको उक्त पुल सिंचाइ विभागको रहेको सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले बताएका छन् । ‘त्यो पुल सिंचाइ विभागको थियो तर उपयोगमा आएको थिएन’, उनले भने ।
प्रहरी उपरीक्षक भारतीका अनुसार चोरी गर्नेहरूले आफूहरू सिंचाइ विभागबाट आएको र पुललाई लिएर जान लागेको बताएका थिए । त्यही भएर गाउँका मानिसले आफूहरूलाई यसबारे सूचना दिएनन् ।
प्रहरीले उजुरी दर्ता गराएर अनुसन्धान थालिसकेको उनले बताए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया