निर्वाचन आयोगले सोध्यो शशांकसँग स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन खर्च विवरणबारे जवाफ माग्ने उद्देश्यले आयोगले स्पष्टीकरण उनलाई स्पष्टीकरण सोधेको हो ।
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले एउटा सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए ।
तर, नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाएको पाइएको छ ।
आयोगले यसैलाई लिएर ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया