पैसा लिएर उम्मेदवार नबनाउन कांग्रेस नेताहरूलाई निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेवापत कुनै प्रकारको रकम माग नगर्न नेताहरुको ध्यानाकर्षण गराएको छ ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका सन्दर्भमा प्रदेश तथा जिल्ला कार्य समितिलाई पत्र मार्फत पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उम्मेदवार सिफारिस गराइदिएवापत नेता तथा कार्यकर्तासँग अबैध लेनदेन गर्ने प्रवृति बढेकोतर्फ सचेत गराउँदै पौडेलले आइतबार त्यस्तो पत्र पठाएका हुन् ।
ध्यानाकर्षण पत्रमा उनले उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावलीविपरीत कुनै प्रकारको रकम नमाग्न भनेका छन् । पत्रमा विधान तथा नियमावलीको व्यवस्थाबमोजिम पार्टीको क्रियाशिल सदस्य र लाभको पदमा बसेकाहरुबाट बाहेक अन्य कुनै पनि शीर्षकमा कारोबार नगर्न भनिएको छ ।
कांग्रेसभित्र निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार बन्न नेतालाई पैसा बुझाउनु पर्ने प्रवृती बढेको भन्दै केन्द्रमा गुनासो बढ्दै गएको थियो ।
पैसा भएकाले मात्र कांग्रेसमा उम्मेदवारी दिन पाउँछन् भन्ने भ्रम चिर्न पार्टी केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला तहका नेताहरुलाई त्यस्तो निर्देशन दिएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया