मोदीलाई बाइडनको आग्रह– रुसबाट ऊर्जा आयात नबढाउनुस्
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसबाट ऊर्जा आयात नबढाउन आग्रह गरेका छन् । सोमबार मोदीसँगको एक घण्टा लामो भिडियो संवादका क्रममा बाइडनले यस्तो आग्रह गरेका हुन् ।
रुसी ऊर्जा आयात बढाउनु दिल्लीको स्वार्थअनुकूल नरहेको बाइडनको भनाइ छ ।
बिबिसीका अनुसार, बाइडनले ऊर्जा आयातमा विविधीकरणका लागि भारतलाई सहयोग गर्ने वचन दिएका छन् ।
भारत रुससँग परम्परागत सम्बन्ध रहेको मुलुक एक हो । उसले सैन्य सामग्रीको ठूलो हिस्सा रुसबाट नै आपूर्ति गर्दै आइरहेको छ । त्यसैले युक्रेन युद्ध पश्चात भारतले रुसलाई चिढाउने खालका कुनै पनि अभिव्यक्ति दिएको छैन । रुसविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धमा पनि भारत सामेल नभई तटस्थ छ ।
छलफलका क्रममा कोभिड सहयोग, विश्व अर्थतन्त्र र हिन्द प्रशान्त सुरक्षा मामिलाबारे पनि छलफल भएको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया