NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

बलेफी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपिओ १ लाख ६६ हजार प्राप्त गरेका छन् ।

मंगलबार भएको आइपिओ बाँडफाँटमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट १ लाख ६६ हजार ३४५ जनाले १० कित्तका दरले सेयर पाएका हुन् ।

बलेफीमा २१ लाख ७१ हजार ७४० जनाको आवेदन परेको थियो । जसमा ३ हजार ६४० जनाको आवेदन रद्द हुन पुग्यो । गोलाप्रथामा २१ लाख ६८ हजार एक सय जना सहभागी थिए ।

कसरी हेर्ने रिजल्ट ?

आइपिओको रिजल्ट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । मेरोसेयरको एकाउन्ट, बलेफी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष