सरकारको कुल खर्च ४७ प्रतिशत
काठमाडाैं । चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च ७ खर्ब ६८ अर्ब २५ करोड (कुल विनियोजनको ४७.०५ प्रतिशत) रहेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संघिय सरकारको कुल खर्चबारे जानकारी दिएको हो ।
यस्तो खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ७२ अर्ब ७८ करोड (कुल विनियोजनको ४५.६२ प्रतिशत) मात्र रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो । कूल खर्चमध्ये चालु खर्च ६ खर्ब ५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५.८३ प्रतिशत रहेको छ।
त्यस्तै वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ६४ अर्ब ९७ करोड अर्थात ३४.२९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत, पुँजीगत खर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३३.३३ प्रतिशत मात्र रहेको थियो।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया