NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

वैदेशिक रोजगार : ११ महिनामा २ लाखले लिए श्रम स्वीकृति

काठमाडाैं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३६३ प्रतिशतको उल्लेख्य वृद्धि भई २ लाख २६ हजार ७०० पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७४.८ प्रतिशतले घटेको थियो । त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको उल्लेख्य वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५.२ प्रतिशतले घटेको थियो

वैदेशिक लगानी

चालु आवको फागुनसम्म उद्योग विभागमार्फत ३३ अर्ब ३८ करोड वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो ।

२०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत ८२ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।