जर्मनीमा विदाका कारण विवादित बनेकी मन्त्रीले दिइन् राजीनामा
बर्लिन । गत वर्षको विनाशकारी बाढीपछि लामो बिदामा बसेको कुरा बाहिर आएपछि जर्मन क्याबिनेट मन्त्रीले राजीनामा दिएकी छन् ।
विवाद बढेपछि एनी स्पीगलले सोमबार पारिवारीक मामिला, ज्येष्ठ नागरिक, महिला तथा युवा मन्त्रीको पदबाट राजीनामा दिएकी छन् ।
छुट्टिका कारण राजनीतिक दबाबपछि मन्त्री पदबाट बाहिरिने उनी चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारको पहिलो सदस्य बनिन् । स्पीगेलले यसअघि जुलाईमा बाढीले सबैभन्दा बढी प्रभावित जर्मनी क्षेत्र राइनल्याण्ड-प्यालाटिनेटको वातावरण मन्त्री र डेपुटी गभर्नरको रूपमा काम गरेकी थिइन् ।
देशभरि बाढीमा १८० भन्दा बढीको मृत्यु भएको थियो । राइनल्यान्ड-प्यालाटिनेटको अहर उपत्यकामा मात्रै १३४ व्यक्तिहरूको मृत्यु भएको थियो । चान्सलर स्कोल्जले उनको निर्णयप्रति ‘ठूलो सम्मान’ भएको र स्पीगललाई भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।
बाढी आएको १० दिनपछि स्पीगल फ्रान्समा चार हप्ताको पारिवारिक छुट्टीमा गएकी थिइन् । व्यापक आलोचना भएपछि उनले आइतबार साँझ माफी मागेकी थिइन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया