भक्तपुर दुर्घटनामा ४ महिने बालिकाको मृत्यु, बुबाआमा घाइते
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिन्चोकमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया