स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क खल्तीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बीमा गराएका बीमितहरु आफ्नो बीमा नविकरणका लागि वडा कार्यालय तथा सम्बन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ । किनकि अब डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क भुक्तानी सेवा उपलब्ध गराएको छ ।
अब बोर्डबाट स्वास्थ्य बीमा गराएका बीमितहरुले जुनसुकै समयमा खल्ती डिजिटल वालेटमार्फत् बीमा नविकरण गर्न सक्ने भएका छन् । साथै बीमा अभिकर्ता तथा सर्वेक्षकहरुको इजाजत पत्र नविकरण शुल्क समेत खल्ती वालेटमार्फत् भुक्तानी गर्न सकिने स्पारो पे प्रालिले जानकारी दिएको छ ।
बोर्डले आफ्ना बीमितहरुको सेवाका लागि नविकरण बीमा शुल्क भुक्तानी गर्न एनसीएचएलका साथै, खल्तीसँग पनि सम्झोता गरिसकेको छ भने अब सोही कार्यका लागि छिट्टै इसेवासँग पनि सहकार्य गर्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया