खेलकुदमन्त्री गहतराजले राखे मेसीको अर्जेन्टिनासँग मैत्रीपूर्ण खेलको प्रस्ताव
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोबीसँगको शिष्टाचार भेटवार्तामा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई निम्तो दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्तावसमेत राखेका थिए । प्रस्तावमाथि राजदूत गोबीले सहमति जनाएको मन्त्री गहतराजको सचिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको पारस्परिक सम्बन्धसँगै खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन अर्जेन्टिनी राजदूत गोबी नेपाल आएका हुन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया