ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष ०७९ वैशाख एक गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले विभिन्न खातामा न्यूनतम ० प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खातामा न्यूनतम ब्याजदर ०.७५ प्रतिशत र अधिकतम ८.०३ प्रतिशत तोकेको छ । त्यस्तै बैंकले मुद्दति खातामा न्यूनतम ब्याजदर १०.०३ प्रतिशत र अधिकतम ११.०३ प्रतिशत र क्रमश ग्लोबल एनआरएन मुद्दति खाता अन्तर्गत न्यूनतम ब्याजदर २.५० प्रतिशत र अधिकतम ५.५० प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै ग्लोबल एनआरएन बचत खाता अन्तर्गत न्यूनतम ब्याजदर २ प्रतिशत र अधिकतम ५ प्रतिशत त्यस्तै ऋण प्रकार करर्पोरेट अन्तर्गत न्यूनतम ब्याजदर र अधिकतम गरी २ प्रतिशत देखि ६ प्रतिशत सम्म ।
त्यस्तै एसएमइअन्तर्गत न्यूनतम ब्याजदर र अधिकतम गरी २.५० देखि ६ प्रतिशत सम्म, खुद्रा र अन्य उत्पादनमा फ्लोटिङअन्तर्गत न्यूनतम ब्याजदर २ प्रतिशतदेखि ६ प्रतिशतसम्म तथा मुद्दतिमा न्यूनतम ११.९९ प्रतिशत देखि १३.९९ सम्म र अधिकतम १२ प्रतिशत देखि १४ प्रतिशतसम्म रहेको छ ।

ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया