बारामा जीप दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते
काठमाडौं । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा आज बिहान बा१९च ४३७७ नम्बरको जीप दुर्घटना भएको हो ।
मृत्यु हुनेमा उपमहानगरपालिका–११ का जीप चालक २५ वर्षीय लोकनाथ सेढाईं रहेको प्रहरुीले जनाएको छ ।
१३ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया