मध्यमर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ ।
केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए । पुष लागेसँगै २६÷२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।
हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया