मुड स्विङलाई नियन्त्रण गर्न चाहनुहुन्छ ? तुरुन्तै यी उपाय अपनाउनुहोस्

काठमाडौं । मूड स्विङ हुने कुनै खास कारण छैन । विभिन्न कारणले सबैको मुड बिग्रन्छ । मानसिक स्थिति छिन-छिनमै परिवर्तन हुनु आम समस्या हो । तर मूड स्विङका कारण घर र अफिसको माहौल तनावपूर्ण बन्न सक्छ । मानिसहरू तपाईंबाट भाग्न थाल्छन् । मुड स्विङको समस्या खासगरी महिलामा महिनावारीअघि वा महिनावारीको समयमा बढी देखिन्छ ।
खराब मुडले तपाईको दिन बिगार्ने मात्र होइन, परिवार र साथीहरूलाई पनि असर गर्छ । त्यसोभए जानौं कसरी मुड स्विङलाई नियन्त्रण गर्न सकिन्छ;
अनावश्यक रूपमा दुःखी हुनु, ऊर्जाको कमी हुनु, सक्रिय नहुनु, इच्छाशक्तिको कमी, चिडचिडापन, आत्मविश्वासको कमी, हर समय थकान महसुस हुनु, धेरै भोक लाग्नु, सास फेर्न गाह्रो हुनु आदि सबै मूड स्विङका लक्षण हुन् ।
आफ्नो आहारमा कम चिनी र कम कार्बोहाइड्रेटयुक्त खानाहरू समावेश गर्नुहोस् । यसले तपाईको मुड स्विङको समस्यालाई निको पार्न सक्छ । चिनी र नुन धेरै नखानु राम्रो हुन्छ ।
हरेक दिन ८ घण्टा सुत्नु धेरै महत्त्वपूर्ण हुन्छ । यसले तपाईलाई स्वस्थ राख्छ र तपाईको मुड पनि राम्रो हुन्छ । पर्याप्त निद्रा पाउँदा, तपाईं दिनभर सक्रिय र आनन्दित महसुस गर्न सक्नुहुनेछ ।
मुड सुधार गर्न व्यायाम भन्दा राम्रो केहि छैन । यसको मद्दतले, तपाईंको शारीरिक र मानसिक स्वास्थ्य ठीक रहन्छ र तपाईं आफ्नो हर्मोन सन्तुलन ठीक राख्न सक्षम हुनुहन्छ ।
यदि तपाईं आफैलाई शान्त गर्न असमर्थ हुनु भयो भने, संगीत सुन्नु पनि राम्रो विकल्प हुन सक्छ । यसले शान्त महसुस गराउनेछ र मुड स्विङको समस्या पनि हट्नेछ ।
मुड स्विङको समस्याबाट बच्न शरीरको लागि हाइड्रेटेड रहनु धेरै महत्त्वपूर्ण छ । त्यसैले धेरैभन्दा धेरै पानी पिउने प्रयास गर्नुहोस् । यसो गर्दा शरीरमा रहेको विषाक्त पदार्थ सजिलै बाहिर निस्कन सक्छ । मानसिक स्थिति सुधार गर्न, तपाईं व्यायामको सट्टा नृत्य गर्न पनि सक्नुहुन्छ ।
आफ्नो मनपर्ने गीत बजाउनुहोस् र नृत्य गर्नुहोस् । यसले शरीरमा ऊर्जा ल्याउनेछ र खराब मुड तुरुन्तै ठीक हुन्छ ।
यदि मुड राम्रो छैन भने, नकारात्मक स्वभाव भएका मानिसहरूबाट टाढा रहनुहोस् । यस्ता व्यक्तिले आफूलाई कहिल्यै बदल्न सक्दैनन् । त्यस्ता व्यक्तिहरूको कारणले गर्दा मुड राम्रो हुनुको सट्टा झन् खराब हुन सक्छ ।
प्रतिक्रिया