स्वास्थ्य सेवा विभागले इएलएमआइएस कोर्डिनेटर माग्यो
काठमाडौं । स्वास्थ्य सेवा विभागले कर्मचारी माग गरेको छ । विभागले आज सूचना जारी गदै कोभिड–१९ रेसपोन्सका लागि ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड–१९ प्रतिकार्यका जनशक्ति करार सेवामा इएलएमआईएस कोर्डिनेटर मागेको हो ।
विभागले अधिकृत सातौँ तहमा सात प्रदेशका लागि एक/एक जना र व्यवस्थापन महाशाखाका लागि एक जना गरी आठ जना इएलएमआईएस कोर्डिनेटर पदमा आवेदन खुलाएको छ ।
विभागले उक्त पदका लागि न्यूनतम योग्यता फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य अनुभव भएको तोकेको छ । विभागका अनुसार उम्मेदवारले सूचना जारी भएको १० दिनभित्र दरखास्त दिन सक्ने छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया