कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार
काठमाडौं । आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उत्कृष्ट गीत (अडियो, भिडियो) बनाउनेलाई कांग्रेसले दुई लाख ७५ हजार नगदसहित पुरस्कृत गर्ने भएको हो ।
‘अडियो र भिडियोसहितको नयाँ गीत बनाउन पनि पाइनेछ । पुरानो भए पनि हुनेछ’ केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिका सदस्य खुम केसीले नेपालवाचसँग भने, ‘जसले राम्रो बनाएर पठाउनु हुन्छ उसलाई दुई लाख ७५ हजार नगद पुरस्कार दिन्छौं ।’
पुराना गीत भए पनि सामाजिक संजालमा बढी प्रचार भएको हुनुपर्ने उनले बताए ।
कांग्रेसको पक्षमा चुनावी गीतहरु अडियो÷भिडियो निर्माण गरी प्रचार–प्रसार भैरहेको भन्दै उपसमितिले यस्ता गीत उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिन पनि आग्रह गरेको छ । दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पुरस्कृत गरिने उपसमितिले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया