१४ कोरोना सङ्क्रमित थपिए, ५५ जना सङ्क्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६४८ पुगेको छ ।
एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ६४८ रहेको छ । पछिल्लो समय थप ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार २५९ पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोभिड सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी, पछिल्लो समय सात हजार ७९४ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ रहेको छ । अहिले होम आइसोलेशनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा १९ र होम आइसोलेशनमा ४१९ रहेका छन् । भेन्टिलेटरमा एक जना र आइसियूमा नौ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया