कहाँ पुग्यो सातामा दुई दिन बिदा दिने विषय ?
काठमाडौं । सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गर्ने गृहकार्य अघि बढाएको छ । बिदा थप गर्दा सरकारीतवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने सरकारको बुझाइ छ ।
सार्वजनिक बिदा थप गर्ने सम्बन्धमा गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो । अहिले शंकरदास बैरागीसहित केही सचिवको टोलीले यसबारे गृहकार्य गरिरहेको छ । ‘सार्वजनिक बिदा थप्दाको मोडालिटी के हुन्छ, अन्तर्राष्ट्रिय अभ्यास, यसका विकल्पहरू, बिदा थप गर्दा हुने असरलगायत विभिन्न कोणबाट छलफल भइरहेको छ,’ एक सचिवले भने ।
अहिले साप्ताहिक रूपमा शनिबार बिदा छ भने शुक्रबार आधा दिनपछि छुट्टी दिने व्यवस्था छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकासिँदा त्यसबापत ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि नेपाल आयल निगमले इन्धनको आयात कम गर्ने विकल्पस्वरूप सार्वजनिक बिदा बढाउने प्रस्ताव सरकारलाई गरेको थियो ।
शनिबार र आइतबार लगातार दुई दिन बिदा दिने कि आइतबार र बुधबार बिदा दिने भन्ने विषयमा छलफल चलिरहेको छ । यद्यपि, शनिबार र आइतबार नै उपयुक्त हुने विषयमा अधिकांशको एकमत रहेको एक सचिवले बताए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया