पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रैनादेवी छहरा–६, जुठापौवामा शुक्रबार साँझ बस दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा वीरबहादुर जिसी र अशोक रास्कोटी छन् । ग१ख ४९०२ नम्बरको बस दुर्घटनामा घाइते उनीहरूलाई अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घटनामा चार जना सख्त घाइते छन् । उनीहरूको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया