यी हुन् सरकारले हालै नियुक्त गरेका २० देशका राजदूत
काठमाडौं । संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट सिफारिस भएका नेपाली राजदूतको पदमा नियुक्त व्यक्तिको नाम सार्वजनिक गरेको छ । समितिले आइतबार सूचना जारी गर्दै सर्वसाधारणलाई नियुक्तिबारे जानकारी दिएको हो ।
नियुक्ति हुनेमा चीनका लागि विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलनराज तुलाधर, जापानका लागि दुर्गाबहादुर सुवेदी, श्रीलङ्काका लागि वासुदेव मिश्र, दक्षिण अफ्रिकाको लागि दानबहादुर तामाङ र ब्राजिलका लागि निर्मलराज काफ्ले रहेका छन् ।
त्यस्तै शर्मिला पराजुली (स्पेन), डिल्लीराज पौडेल (मलेसिया), कान्ता रिजाल (इजरायल), नवराज सुवेदी (साउदी अरेबिया), कैलाशराज पोखरेल (अस्ट्रेलिया), नरेशविक्रम ढकाल (कतार), ज्योति प्याकुरेल (कोरिया), रामस्वार्थ राय (डेनमार्क), सुशीलकुमार लम्साल (इजिप्ट), भरतकुमार रेग्मी (अस्ट्रिया), तीर्थराज वाग्ले (बहराइन), घनश्याम भण्डारी (बङ्गलादेश), हरिश्चन्द्र घिमिरे (म्यान्मार), र डोरनाथ अर्याल (ओमान) देशमा नियुक्ति भएका छन् ।
नियुक्ति भएका राजदूत उक्त पदका लागि उपयुक्त नलागेमा स्पष्ट आधार तथा प्रमाणसहित वैशाख १२ गतेभित्र उजुरी दिन सकिने समितिले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया