पृथ्वी राजमार्गमा तीन सवारीसाधन ठोक्किए : एक जनाको मृत्यु, १६ घाइते
काठमाडौं । धादिङस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा एकजना यात्रुको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएकी मुना गुरुङको मृत्यु भएको हो । उनी तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत रहेको धादिङ प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो, विपरीत दिशाबाट आउँदै गरेको बा९च ७०३६ नम्बरको कार र ना६ख २०१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा सामान्य घाइते भएका दुईजना उपचारपछि घर फर्किसकेका छन् । बाँकी घाइते सामान्य उपचा पछि थप उपाचारको लागि काठमाडौं ल्याइएको छ ।
दुर्घटनापछि ट्रकको चालक फरार रहेका छन् भने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया