नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक
काठमाडौं । नेपाली सेनाले प्राविधिक उप सेनानी पदका लागि अधिकृत तहमा समाचार सम्पादक र वाचक माग गरेको छ । सेनाले खुलातर्फ दुई जना र आदिवासी, जनजातिमा एक जना गरी तीन जना प्राविधिक उप सेनानी पदका लागि अधिकृत तहमा समाचार सम्पादक र समाचार वाचक मागेको हो ।
सेनाले उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता आम सञ्चार तथा पत्रकारीतामा स्नातक गरेको तोकेको छ । सेनाका अनुसार इच्छुक उम्मेदवारले आउँदो वैशाख १३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुरमा वैशाख २० गते कार्यालय समयभित्र दरखास्त दिन पाउँनेछन् ।
छनोट भएका उम्मेदवारले सेनाको मिडियामा कार्य गर्नुपर्ने छ । कार्यक्षेत्र जंगी अड्डा भद्रकालीमा हुने सेनाले जनाएको छ । थप जानकारीका लागि नेपाली सेनाको वेवसाइटमा गएर हेर्न सकिनेछ ।

ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया