एकीकृत समाजवादी बाहेकका दलसँग चुनावी तालमेल गर्ने पोखरा कांग्रेसको निर्णय (विज्ञप्तिसहित)
काठमाडौं । स्थानीय तह निर्वाचनको भागबण्डा सम्बन्धमा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेको आरोप लगाउँदै पोखरा महानगरपालिका नेपाली कांग्रेसले सोबाहेकका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै पटक–पटकको छलफलपछि पनि एकीकृत समाजवादी सहमतिमा नआएपछि कांग्रेसले उक्त दलबाहेकका दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।
‘जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धनमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण, स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले बाहिर विज्ञप्ति जारी गरिरहँदा भित्र भने गठबन्धन दलहरूको बैठक जारी थियो । यता एकीकृत समाजवादीले भने कांग्रेसको विज्ञप्ति एकलौटी भएको दाबी गर्दै बाहिर प्रचार गरिरहेको जस्तो भित्र विवाद नभएको जनाएको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया