एकीकृत समाजवादी बाहेकका दलसँग चुनावी तालमेल गर्ने पोखरा कांग्रेसको निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको भागबण्डा सम्बन्धमा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेको आरोप लगाउँदै पोखरा महानगरपालिका नेपाली कांग्रेसले सोबाहेकका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै पटक–पटकको छलफलपछि पनि एकीकृत समाजवादी सहमतिमा नआएपछि कांग्रेसले उक्त दलबाहेकका दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।
‘जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धनमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण, स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले बाहिर विज्ञप्ति जारी गरिरहँदा भित्र भने गठबन्धन दलहरूको बैठक जारी थियो । यता एकीकृत समाजवादीले भने कांग्रेसको विज्ञप्ति एकलौटी भएको दाबी गर्दै बाहिर प्रचार गरिरहेको जस्तो भित्र विवाद नभएको जनाएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया