सिवाइसी नेपाल लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार आवेदकले आज कार्यलाय समयअवधिभित्र आइपीओ भरिसक्नुपर्ने छ ।
कम्पनीले वैशाख २ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।
कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया