उत्तराखण्डका मुख्यमन्त्रीले जनाए नेपाली विद्यार्थीलाई विशेष छुट दिने प्रतिबद्धता
काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन् ।
पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए ।
भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए ।
सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उनले उल्लेख गरे ।
भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेको स्वकीय सचिव तिवारीले जानकारी दिए । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया