घुस लिइरहेको अवस्थामा नेपाल प्रहरीका सई समातिए
काठमाडौं । बागलुङमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) रुपनारायण महतो घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३८ हजार रुपैयाँ घुससहित बागलुङस्थित विपत् व्यवस्थापन गुल्मनजिकैबाट उनलाई आज पक्राउ गरेको हो ।
सई महतोले म्याग्दीकी धर्मकुमारी क्षेत्री र पाँचथरका रमेश लिम्बूबीचको लेनदेन विवाद मिलाइदिन्छु भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया