जघन्य लेटाङ घटनाका अभियुक्त धरौटीमा रिहा
काठमाडौं । ड्युटीमा रहेकी प्रहरीको वीभत्स हत्या गरिएको लेटाङ घटनाका १० अभियुक्त मंगलबार ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अन्य पाँच जना फरार छन् ।
उक्त घटनामा १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । १० जना पक्राउ परेका थिए ।
जिल्ला अदालत मोरङका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले मंगलबार पक्राउ परेकालाई धरौटीबापत जनही ५० हजार रुपैयाँ लिएर छाड्न आदेश दिएको हो । पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश भएको र फरारको हकमा पक्राउ पुर्जी जारी हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
मुद्दामा थुनछेक बहस सकिएपछि प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी अभियुक्तलाई धरौटीमा छाड्ने आदेश भएको बुढाथोकीको भनाइ छ, आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया