श्रीलंका : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, ११ घाइते
काठमाडौं । श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । मंगलबार रामबुकानामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि मानवीय क्षति भएको हो ।
प्रदर्शनकारीले रामबुकानाको प्रहरी चौकी घेरेर ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको त्यहाँको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।
प्रदर्शन हिंसात्मक बनेपछि अहिले रामबुकाना क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
इतिहासमा नै पहिलो पटक चर्को आर्थिक संकटमा फसेको श्रीलंकामा केही सातायता सरकारविरोधी प्रदर्शन भइरहेका छन् । इन्धन अभाव, मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा मागेका छन् । तर राष्ट्रपति पद छाड्ने मुडमा छैनन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया