श्रीलंका : प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, ११ घाइते
काठमाडौं । श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । मंगलबार रामबुकानामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि मानवीय क्षति भएको हो ।
प्रदर्शनकारीले रामबुकानाको प्रहरी चौकी घेरेर ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको त्यहाँको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।
प्रदर्शन हिंसात्मक बनेपछि अहिले रामबुकाना क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
इतिहासमा नै पहिलो पटक चर्को आर्थिक संकटमा फसेको श्रीलंकामा केही सातायता सरकारविरोधी प्रदर्शन भइरहेका छन् । इन्धन अभाव, मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा मागेका छन् । तर राष्ट्रपति पद छाड्ने मुडमा छैनन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया