अक्षय कुमारले फ्यानसँग किन मागे माफी
काठमाडौं । फिल्म अभिनेता अक्षय कुमारले अलैंची ब्रान्डको विज्ञापन गरेकाे भन्दै आफ्ना फ्यानसँग माफी मागेका छन् ।
वास्तवमा अक्षय कुमार विमल इलायचीको विज्ञापन गर्छन् । विमलले सोही ब्राण्डबाट सुर्तीजन्य पदार्थ पनि बेच्छ । सुर्ती बेच्ने ब्रान्डको विज्ञापन गरेकामा अक्षय कुमारप्रति मानिसहरूले आपत्ति जनाएका थिए । यसपछि अक्षय कुमारले यो विज्ञापनमा काम नगर्ने र यसबाट प्राप्त हुने रकम कुनै राम्रो काममा दान गर्ने बताएका छन् ।
अक्षय कुमारले सम्झौता भएको बेलासम्म ब्रान्डले विज्ञापनको प्रवद्र्धन गरिरहने भए पनि आफू यस विज्ञापनबाट टाढै रहेको बताए । उनले आगामी दिनमा कुनै पनि विज्ञापन छनोट गर्दा होसियार हुनेसमेत बताए ।
— Akshay Kumar (@akshaykumar) April 20, 2022
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया