सिमा नाका र विमानस्थलमा सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सिमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । यसका साथै मन्त्रालयले उक्त स्थानमा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिनसमेत सूचनामार्फत आग्रह गरेको छ ।
छिमेकी राष्ट्र भारतका विभिन्न राज्यहरुबाट कोभिड-१९ को संक्रमण बढ्दो क्रमममा रहेको कुरालाई मध्यनजर राख्दै मन्त्रालयले उक्त सर्तक अपनाउन आग्रह गरेको हो मन्त्रालायले भारत र चीनसँग जोडएका सीमा नाकामा हेल्थ डेस्क र विमानस्थलमा रहेका हेल्थ डेस्कमा कोभिड-१९ स्केनिङ तथा परीक्षणको क्रममा शंका देखिएमा परीक्षण गराउन आग्रह गरेको छ । साथै परीक्षणको क्रममा पोजिटिभ आएकाहरुको नमुना संकलन गरी प्रदेश जनस्वास्थ्यमा समन्वय गरी जेन सिक्वोन्सिङको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया