कोभिडविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी सबैलाई खोप लगाउन अनुरोध गरेको हो ।
मन्त्रालयले छिमेकी राष्ट्र भारत र चीनमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बढ्दो क्रममा रहेको तथा वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भएर जनस्वास्थ्यको मापदण्डको पालना गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।
मन्त्रालयले कोभिडविरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन गरिरहेको तथा खोप लगाउन बाँकी सबैले जजिकैको खोपकेन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ ।
साथै पूर्ण खोप लगाएकाले तीन महिना पुरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन पनि मन्त्रालायले सूचनामार्फत आग्रह गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया