NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एलन मस्कले बताए पृथ्वीबाट मंगल ग्रह जाने भाडा

काठमाडौं । स्पेसएक्सका सिइओ एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाउने क्रममा धेरै कठिनाइ हुनेबारे चेतावनी दिएका छन् ।

मस्कले मंगल ग्रहमा पुग्ने सुरुका बासिन्दाहरुले कठिन र साँघुरो वातावरणको सामना गर्न तयार हुनुपर्ने बताए । यति मात्र नभएर ती मानिसहरुले त्यहाँ कडा परिश्रम पनि गर्नुपर्ने उनकाे भनाइ छ ।

टिइडी कन्फ्रेन्सेजका प्रमुख क्रिस एन्डरसनसँग कुरा गर्दै मस्कले यो मिसन कमजोर मुटु हुनेका लागि नभएको बताए । मंगल ग्रहमा मानव बसोबास गर्ने मिसन सुरुमा खासै सानदार हुनेछैन ।

एलन मस्कले मंगल ग्रहमा मानव बसोबास गराउन बारम्बार वकालत गर्दै आएका छन् । विश्वकै धनी मस्कले सन् २०५० सम्ममा मंगल ग्रहमा मानव बस्ती बस्ने दाबी पहिलेदेखि नै गर्दै आएका हुन् । उनको कम्पनी स्पेसएक्सले मानिसलाई जतिसक्दो चाँडो मंगल ग्रहमा लैजान सक्ने रकेट बनाउने काम गरिरहेको छ ।

उनले प्रायः सौर्यमण्डलका विभिन्न ग्रहहरूमा मानिस बस्न सक्ने बताउँदै आएका छन् । एलन मस्कले एन्डरसनसँग त्यहाँ पुग्न एकतर्फी भाडा १ लाख डलर आसपास हुनेछ ।

उनले यो भाडा अन्तरिक्ष यात्रुका लागि निकै सस्तो भएको बताए । यस अभियानका लागि सुरुमा १००० स्टारसिपको लक्ष्य राखिएको छ, सन् २०३० देखि २०४० सम्म प्रत्येक दुई वर्षमा निश्चित संख्यामा लन्च गरिनेछ । यी प्रत्येक स्टारसिपहरू १०० भन्दा बढी व्यक्तिहरूलाई मंगल ग्रहमा लैजान सक्नेछन् ।