थप १५ जनामा कोरोना पुष्टि, ३२ जना संक्रमणमुक्त
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बिहीबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार कसैको पनि मृत्यु भएको छैन ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९८ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया