कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेका लागि सर्यो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।
यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यसम्पादन बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाउने कार्यक्रम रहेको छ ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया