बस र कार ठोक्किंदा ५ जनाको मृत्यु
काठमाडौं । धादिङमा यात्रुवाहक बस र कार ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको जुँगेखोलामा आपसमा ठोक्किंदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट धादिङ जाँदै गरेको बस र काठमाडौं आउँदै गरेको कार ठोक्किएका हुन् । दुर्घटनामा परी चार भारतीय पर्यटक र एक नेपालीको मृत्यु भएको हो ।
बा ५ ख ८४४३ नम्बरको बसले वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिंदा भारतको उत्तरप्रदेश राज्यका ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल र ४० वर्षीया सन्ध्या अग्रवाल र चालक तनहुँका दिलबहादुर बस्नेतको मृत्यु भएको हो ।
टिचिङ अस्पताल र ट्रमा सेन्टरमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया