३४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
काठमाडाैं । साताको पहिलो दिन लगानीकर्तालाइ उत्साहित हुने गरी नेप्से बढेपनि दोस्रो दिन भने घटेको छ । आइतबार ९५.५२ अंकले बढेको नेप्से आज ३४.९५ अंकले बढेर २३८६.०१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ अंकले बढेर ४५४.६९ विन्दुमा मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि केही कमी आएको छ । आज कुल २३९ कम्पनीको ५ लाख ६७ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये सामूहिक लगानीकोष र होटल तथा पर्यटनको परिसूचकबाहेक अन्य उपसमूहको परिसूचक घटेको छ । सामूहिक लगानीकोष ०.८२ र होटल तथा पर्यटन ०.१३, प्रतिशतले बढेको छ ।
वित्त १.४७, विकास बैंक २.०४, जलविद्युत् १.८७, उत्पादन ०.९६, लघुवित्त १.५७, जीवन बीमा १.५३ र लगानी १.९६ अंकले घटेको छ । त्यस्तै बैंकिङ १.०२, व्यापार ०.४१, निर्जीवन बीमा १.३७ प्रतिशतले घटेको छ । अन्यको सेयर मूल्य २.२६ प्रतिशतले बढेको छ ।
आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाएका छन् । त्यसपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ४.०३, सिदार्थ इक्युटि फण्डले ४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभ धेरै गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.७० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा आज सबैभन्दा बढी अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा छ । उक्त कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया