३४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडाैं । साताको पहिलो दिन लगानीकर्तालाइ उत्साहित हुने गरी नेप्से बढेपनि दोस्रो दिन भने घटेको छ । आइतबार ९५.५२ अंकले बढेको नेप्से आज ३४.९५ अंकले बढेर २३८६.०१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ अंकले बढेर ४५४.६९ विन्दुमा मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि केही कमी आएको छ । आज कुल २३९ कम्पनीको ५ लाख ६७ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये सामूहिक लगानीकोष र होटल तथा पर्यटनको परिसूचकबाहेक अन्य उपसमूहको परिसूचक घटेको छ । सामूहिक लगानीकोष ०.८२ र होटल तथा पर्यटन ०.१३, प्रतिशतले बढेको छ ।
वित्त १.४७, विकास बैंक २.०४, जलविद्युत् १.८७, उत्पादन ०.९६, लघुवित्त १.५७, जीवन बीमा १.५३ र लगानी १.९६ अंकले घटेको छ । त्यस्तै बैंकिङ १.०२, व्यापार ०.४१, निर्जीवन बीमा १.३७ प्रतिशतले घटेको छ । अन्यको सेयर मूल्य २.२६ प्रतिशतले बढेको छ ।
आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाएका छन् । त्यसपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ४.०३, सिदार्थ इक्युटि फण्डले ४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभ धेरै गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.७० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा आज सबैभन्दा बढी अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा छ । उक्त कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया