आँखामा डार्क सर्कल छ ? यसलाई हटाउने यस्ता छन् उपाय
काठमाडौं । अहिलेको समयमा आँखामा डार्क सर्कल हुनु ठूलो कुरा हैन । प्रायः सबै व्यक्तिको आँखामा डार्क सर्कल हुन्छ । व्यस्त जीवनशैली, अस्वस्थ खानपान र बढी तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ ।
धेरैले कस्मेटिक सामग्रीको प्रयोग गरी डार्क सर्कल हटाउन खोजिरहेको हुन्छ भने कतिले प्राकृतिक तथा घरेलु विधि पनि अपनाइरहेका हुन्छन् । तर डार्क सर्कल हटाउनका लागि यस्ता विधिहरु अपनाउनुपूर्व आफ्नो जीवनशैलीलाई पहिलो प्राथमिकतमा राख्नुपर्छ ।
डार्क सर्कललाई पूर्ण रुपले हटाउन असम्भव जस्तै छ । तर हामीले आफ्नो खानपिनमा ध्यान दिन सक्यौ भनेमात्र पनि धेरै हद सम्म यो निर्मुल गर्न सकिन्छ । डार्क सर्कल बढी मात्रामा तनाव, काम तथा पर्याप्त मात्रामा नसुत्नाले देखापर्ने गर्दछन् ।
डार्क सर्कललाई कम गर्न भिटामिन पाइने खानेकुराको सेवन गर्नु पर्दछ । के के सेवन गर्ने ? जानौँ, यहाँ केही प्रस्तुत गरिएको छ ः
भिटामिन ए पाइने खानेकुरा
गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि ।
भिटामिन सि पाइने खानेकुरा
सुन्तला, कागती, अमला, खरबुजा आदि ।
भिटामिन के पाइने खानेकुरा
अंगुर, ब्लुबेरी, बन्दाकोबी ,ब्रोकाउली, केरा आदि ।
भिटामिन ई पाइने खानेकुरा
पालुंगो, हाडे बदाम, किवी, बदाम, ओखर, सूर्यमुखीका बिज आदि ।
प्रतिक्रिया