मनाङको नारफू गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौं । मनाङ जिल्लाको नारफू गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने उपाध्यक्षमा मिङमा फुञ्चो लामा रहेको कांग्रेसबाट मेयरका उम्मेदवार बनेका कोन्जो तेन्जिङ लामाले जानकारी दिए ।
लामाका अनुसार वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो दिन पनि उपाध्यक्षमा कसैले उम्मेदवारी नदिएकाले लामा निर्विरोध भएका हुन् । गत निर्वाचनमा अध्यक्षसहित सबै पदमा निर्विरोध निर्वाचित भएपनि यो पटक अध्यक्षसहित २, ३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुने तेन्जिङले जानकारी दिए ।
पाँच वडा रहेको यस गाउँपालिकामा १, ४ र ५ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् ।
ताजा अपडेट
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
-
महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
-
बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी
प्रतिक्रिया