मनाङको नारफू गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौं । मनाङ जिल्लाको नारफू गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने उपाध्यक्षमा मिङमा फुञ्चो लामा रहेको कांग्रेसबाट मेयरका उम्मेदवार बनेका कोन्जो तेन्जिङ लामाले जानकारी दिए ।
लामाका अनुसार वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो दिन पनि उपाध्यक्षमा कसैले उम्मेदवारी नदिएकाले लामा निर्विरोध भएका हुन् । गत निर्वाचनमा अध्यक्षसहित सबै पदमा निर्विरोध निर्वाचित भएपनि यो पटक अध्यक्षसहित २, ३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुने तेन्जिङले जानकारी दिए ।
पाँच वडा रहेको यस गाउँपालिकामा १, ४ र ५ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् ।
ताजा अपडेट
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक


प्रतिक्रिया