आज फोटो पत्रकारिता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडाैं । आज ९५औं फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छन् । उक्त दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पत्रकार तथा फोटो पत्रकारितासँग सम्बन्धित संघ संस्था, आमसर्वसाधरण र शुभेच्छुकलाई शुभ कामना व्यक्त गरेको छ ।
फोटो पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ । आजको दिनमा फोटो पत्रकारहरुले ९५ औं पत्रकारिता दिवस विभिन्न कार्याक्रममार्फत मनाउन पाउँदा पत्रकार समूहले गौरव महशुस गरेको राष्ट्रिय फोटो पत्रकार समूहले विज्ञप्तिमा उल्लेख गरेको छ । फोटो पत्रकार समूहले उक्त दिवस स्थापना समयबाट नै मनाउँदै आएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहले २५ वर्ष अघि देखि नेपाली फोटो पत्रकार र पत्रकारितालाई संगठित, व्यवस्थित र संरक्षित गर्दै अघि बढ्ने उद्देश्यले संस्थाको स्थापना गरेको उक्त समूहले विज्ञप्तिमा लेखेको छ । समूहले आज फोटो पत्रकारिताको अवसर पारेर बिहान सात बजेदेखि भृकुटीमण्डबाट बसन्तपुर दरबार क्षेत्रसम्म नेपालमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को समयमा सरकारद्वारा गरिएको लकडाउनमा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकार तथा फोटोग्राफरले खिचेका तस्बिरको ‘नेपाल इन लकडाउन’ नामकरण गरी फोटो प्रदर्शन कार्यक्रम आयोजना गरेको छ ।
नेपालमा हरेक वैशाख १३ गते फोटो पत्रकारिता दिवस मनाइने गरिएको छ । यो दिन नेपालमा पहिलो पटक पत्रिकामा फोटो छापिएको थियो । सामान्यतया फोटो पत्रकारिता भन्नाले तस्बिरको माध्यमबाट सूचना र समाचार प्रकाशन गर्नु हो । नेपालमा फोटो पत्रकारिताको सुरुवात सन् १९८४ वैशाख १३ गते ।
गोरखा पत्रमा छापिएको विरगञ्जकी सूर्यमति क्षेष्ठको चर्खामा धागो काटिरहेको तस्बिर बाट सुरु भएको हो । यसलाई नै नेपालकै पहिलो समाचारमूलक तस्बिरको रुपमा समेत लिइन्छ । यहि तस्बिर छापिएको दिनको सम्झनामा फोटो पत्रकारिता दिवस मनाइन्छ । फोटोपत्रकारिता शब्द सर्वप्रथम अमेरिकाको मिसौरी पत्रकारिता विश्वविद्यालयका प्राध्यापक क्लिफ एडमले गरेका थिए ।
यसरी सुरु भएको फोटो पत्रकारिता अहिलेको समयमा सञ्चार माध्यममा अपरिहार्य बनेको छ ।
ताजा अपडेट
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक


प्रतिक्रिया