सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईको पहिचान खुलेन
धनुषा । धनुषामा दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र पहिचान नखुलेका अन्य दुई जना छन् ।
प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सोमबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोल सडक छेउमा रोकिएको ना२ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
गम्भीर घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उनीहरूको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया