प्रदेश लोक सेवा आयोगले माग्यो १२ जना प्राविधिक सहायक
काठमाडौं । प्रदेश लोक सेवा आयोगले १२ जना प्राविधिक सहायक पदको लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तहअन्तर्गत प्रविधिक सहायक पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको हो ।
आयोगले सामाजिक विकास मन्त्रालय सूदुरपश्चिम, धनगढी र कैलाली प्रदेशको पत्रबाट रिक्त माग भएअनुसार उक्त पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारलाई दरखास्तको लागि आह्वान गरेको छ ।
आयोगले निजामती सेवाअन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह, प्रविधिक सहायक पदमा खुलातर्फ सात जना, महिलातर्फ दुई जना तथा आदिवासी/जनजाति, मधेसी, दलिततर्फ एक/एक जना गरी १२ जना पदपूर्तिको लागि आवेदन आव्हान गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले आयोगको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया